दश वर्ष पछि माइत वोलाए अमलाचौरका अन्तरजातिय जोडिलाई
बागलुङ १४ मंसिर । त्यसै भनियको होइन रहेछ, दुःख पछि सुखका दिन आउँछ भनेर । अमलाचौर ४ का सुजन परियार र सरस्वति खड्काको अन्तरजातिय विवाह यसको लागि काफि छ । अज भन्दा १० वर्ष अगाडि सुजन परियारले अन्तरजातिय विवाह गर्दा काडै काँडा थिए उनी हिड्ने बाटोमा । तर आज समयले कोल्टे फेरेको छ । समय संगैको संघर्षले उनीहरुको जीवन सुन्दर वनेको छ । उनीहरुको अन्तरजातिय विवाह सफल वनेको छ । समाजका मान्छेहरुले पनि यस्तै भन्छन् । मायामा कुनै बन्धन हुँदैन भन्छन् । त्यसैले होला परियार थरको सुजन र खड्का थरकी सरस्वतिले कलेज पढ्दा देखिनै एक अर्कालाई माया गर्न थाले । समाजको आँखामा जात नमिल्ने भएपनि माया जालमा भने उनीहरु छुट्नै नसक्नेगरी बाँधिए ।
छुवाछुतले जरा गाडेर वसेको समाजमा के हि समयसम्म उनीहरुको सम्बन्ध चलिरह्यो । आखिर २०५८ जेठ ९ गतेका दिन समाजको बन्धन तोड्दै विवाहित वने । अन्तरजातिय विवाहलाई नर्क ठान्ने समाजले उनीहरुको सम्बन्धलाइ देखि सहन सकेनन् अनि शुरु भयो ती अन्तरजातिय जोडिको संघर्षका दिन । सुजनले आफ्नो प्रेमीकालाई भगाएर पोखरा के लगेका थिए । त्यस ठउँमा समेत पुगेछन् उनलाई कुट्न भन्दै उनको माइती । त्यो कष्टलाई छिचोल्दै त्यहाबाट भागेरै बुटोल पुगेछन् ती जोडि । मनमा माया वोकेका ती जोडिहरु अभावमा पनि हाँसेर केहि दिन काटे वुटवलमा । त्यसै ले उनीहरुको सम्बन्धलाई टुटाउने र सुजनलाई ठहरै पार्ने योजना अधुरै रह्यो खड्काकी आफन्तको । तर पनि उनीहरुको खोजतलास भने गर ीनै रहे खड्काका आफन्तहरु । त्यसै वर्ष असोजको जाडो महिनामा उनीहरु बगलुङमा त फर्के । तर अन्तरजतिय विवाहकै कारण कैयौ गालि व्यज्जत्ती पनि सहनु प¥यो परियार लाई । उनको हातमा सिप थियो । कपडा सिलाउने । उनले कपडा सिलाएरै भए पनि आफुहरुको जिवन खुसी साथ बिताउन खोजे । तर लामो समयसम्म मानसीक टचर्स, त्रासको जिन्दगि भने विताउँनुप¥यो ती जोडिले । काग कराउदै जान्छ पीना सुक्दै जान्छ भनेझै परियारले अति मेहनत गरेर आकर्षक कपडा सिलाउन थाले । उनलाई उनको श्रीमतिले पनि सहयोग गर्न थालिन् ।दिनहरु वित्दै जादा उनको जिवनमा पनि थप खुशिहरु थपीदै गए । माया पनि झन झांगिदै गयो । ०६२ शालबाट भने परियारले आफ्नै टेलर खोलेर सिलाई व्यवसाय गर्न थाले । उनको श्रीमतिले सिलाउन थालिन । यहि मिलापले नै उनको विरो ध गर्नेहरु उल्टै कुँदिन थाले । उनीहरुको आर्थिक अवस्था पनि सुधार उन्मुख बन्दै गयो । उनका विरोध गर्नेहरु मैन जस्तै पग्लीदै गए । तीज पर्व चेलिहरुको ठूलो चाड हो । तीजमा माइत जाने अनि डर खाएर र माइलो गर्ने ढोको एक वर्षदेखि संगालेका हुन्छन् चेलिहरुले । १० वर्ष सम्म आफ्नै श्रीमानलाई नै सवथोक मानेर तीज मानिरहेकी सरस्वति अहिलेको तीजमा भने माइती घरमै गईन र आफ्नो आफन्तसंगै र माईन । जिन्दगि चमच्चाका तौला हो भनेझै आखिर सुजनको परिवारलाई उनको माइतीले वोलाईछाडे । यसको खुशी भने व्यक्त गर्नै सक्तै नन् सुजन र सरस्वति । सफल जिन्दगी देखेर खुशि भएका सुजनको माइतीले विगत १ वर्षदेखि नयाँ सम्बन्ध शुरु गर्न खोजे । आफ्नै मेहनतमा र माएका ति दम्पत्तीलाई माइतिले यसै असोज ७ गते आफ्नो घरमा निमन्त्रना गरे । आफुहरुको टिका फुकाइदिने तयारी भैरहेको खवर पनि सुजनको कानमा परेको छ । अहिले भने आफ्नै व्यवसायमा व्यस्त छन् ती दम्बत्ती । सवै दुःखहरु बटो लागिसकेका छन् । सुजन परियार र सरस्वति खड्काको फोटो पनि समावेश गरेको छु ।
No comments:
Post a Comment