Sunday, 30 December 2012


VDC name of Baglung district



Map of the VDCs in Baglung District
Adhikarichaur · Amalachaur · Amarbhumi · Argal · Arjewa · Baglung · Baskot · Batakachaur · Bhakunde · Bhimgithe · Bhimpokhara · Bihunkot ·Binamare · Boharagaun · Bowang · Bungadovan · Burtibang · Chhisti · Daga Tundada · Damek · Darling · Devisthan · Dhamja · Dhullu Jaidi ·Dhullubaskot · Dudilavati · [[Gwalichaur -4 Aduwabari temple}}Harichaur]] · Hatiya · Heela · Hudgisheer · Jabdi · Jaljala · Kandebas · Khungkhani ·Khunga · Kusmishera · Lekhani · Malika · Malma · Mulpani · Narayansthan · Narethanti · Nisi · Paiyunthanthap · Palakot · Pandavkhani ·Paiyunpata · Rajkut · Ranasingkiteni · Rangkhani · Rayadanda · Resha · Righa · Salyan · Sarkuwa · Singana ·Sisakhani · Sukhaura · Sunkhani · Taman · Tangram · Tara · Tityang

Sunday, 23 December 2012


चुपचाप




“थाहा पाउनुभयो, पल्लो गाउँको त्यो तल्लाघरे रामे क्या, एरिया कमान्डर भएछ नि ! गजब त के भने नि तासजुवा खेलिरहेका तल्ला घरका जेठा, माइला सबैलाई भाटा लगायो रे हौ उल्ले !”
“ए हो र...!”
“बाबै नि त्यस्तो मान्छे कसरी...?”
साइँला बाजे मच्चीमच्ची गफ चुट्दै थिए । वरिपरि थिए जनता–जनार्दन । मानौँ साइँला बाजे यतिखेर आतेपाते गर्ने बाजे नभएर भाषण गर्ने नेता भए 
हुन् ।



“क्या न नहुनु नि ! नहुने कुरा के नै पो बाँकी रान् र अब यहाँ... !” भन्न त भने उनले तर अकस्मात् ‘सटक’ बने । मानौँ बोलिसक्नासाथ आभास भयो उनलाई, आफ्नो भित्री हृदय पनि बाहिर ल्याउन थाले उनले र झस्किए हुन् । आफ्नो हृदयलाई त कसैका अगि पनि पोख्नै हुन्न । के थाहा नबिराई पनि कुन बेला कस्तो परिबन्दमा परिने हो । कसले ‘सुराकी’ भनेर घाँटी रेट्ने हो र कसले ‘माओवादी’ भनेर ‘मुठभेड’ मा वा ‘भाग्दाभाग्दै’ लीला अन्त्य गरिदिने हो— कसलाई के थाहा ! त्यसैले नहुने कुरा हुन जेजति बाँकी भए पनि बाहिर भन्न हुन्न । बाहिर बोल्न हुन्न ! त्यसैले चुप्प लागे साइँला बाजे र लुसुक्क घरतर्फ लागे ।
भेला भएका मान्छेहरूले वाक्स्वन्त्रता हरण भएको साइँला बाजेको ‘बोलती बन्द’ बाट ज्ञान पाए । टाठाबाठा गाउँका बाजे त ‘चुप्प’ भने भेला भएका बिचरा गाउँलेहरू एकापसमा खुलून् कसरी...? सबै लागे लाखापाखा...!
साइँला बाजे आफ्नै घरको पिँढीमा बसेर मकै छोडाइरहेका थिए । त्यति बेलै ग¥यापग¥याप, ठकठक... आवाज आयो । नजर उठाएर हेरे— टाढा बाटोमा एउटा फौजी लस्कर आइरहेछ । उनको हंसले ठाउँ छाड्यो । भित्रैदेखि थरथर भए उनी । कसको लस्कर हो यो ? कठिन भयो उनलाई छुट्ट्याउन । जति नै डराए पनि घर छाडेर भागून् त कहाँ भागून् । जति नै पटक फौज, बन्दुक, गोली, मृत्यु देखे पनि, अभ्यस्त भए पनि नडराउनु त कसरी नडराउनु । गोलीको आँखा भए पो नडराउनु । बिगार गर्नेलाई मात्र गोलीले चिने पो नडराउनु ! बिगार नगर्ने पनि मरिरहेछन्— कसरी नडराउनु... ! एकछिन डराए उनी आपैmँमा । त्यतिन्जेलमा लस्कर नजिकै आइपुग्यो ।
“तपाईंं यस गाउँको पुरेत होइन ?”
अप्रत्याशित र अलिकति शिष्ट पनि थियो यो आवाज । अलिकति डर घट्यो । लरबरिँदै बोले— “हो हजुर, म पुरेत हो !”
“यहाँ कुनै सन्दिग्ध क्रियाकलाप देख्नुभयो तपाईंंले... ?”
“के हजुर ? छैन हजुर !” मानौँ उनले ‘तपाईंं को हो ?’ जान्न चाहे तर “कोचाहिँ सन्दिग्ध ?” लाई खोजिएको हो ऊचाहिँ छैन हजुर भनेर छुटकारा पाउन चाहे साइँला बाजेले ।
अगाडिको मान्छे हाँस्यो— “हा... हा... हा...!” 
त्यसपछि पछाडिका सबै हाँसे— “हा... हा... हा... !”
“तपाईंले मलाई चिन्नुभएन बाजे ?” एउटा अगुवाजस्तो देखिने फौजी ऊनजिकै आएर उभियो । फौजी लिवासमा त सबै थिए, उसले मोटो कालो चस्मा भिरेकाले अनुहारको केही भाग छोपिएको थियो । साइँला बाजेलाई स्वर चिरपरिचित लाग्यो । अचानक झस्किए— यो त उही... ! बोलूँ कि नबोलूँ... भनूँ कि नभनूँ... । उनले त्यो फौजीलाई चिने । भन्नु हुन्छ कि हुन्न ? बोल्नु हुन्छ कि हुन्न ? असमन्जसमा परे उनी । 
फेरि उही परिचित आवाज आयो, “म क्या उही तल्लाघरे रामे... !” त्यसो भन्दै हालको एरिया कमान्डर रामेले लगाइराखेको मोटो कालो चस्मा हटायो आँखाबाट... !
साइँला बाजे झसङ्ग भए— बाङ्गोबाङ्गो पाराले उनलाई चाबुक हानेको त होइन रामेले । केही दिनअघि उनले गाउँलेलाई प्रसारण गरेका सूचनाको रिपोर्ट उसले जस्ताको त्यस्तै गरी प्राप्त गरेर पहिले शब्दबाणले कारबाही, त्यसपछि भाटा कारबाही वा मृत्युदण्डको जनकारबाही त हुन लागेको होइन उनलाई ।
“तपाईंं नझस्किनुस् न बाजे ! म पहिलाको रामे होइन त, अब त एरिया कमान्डर ‘क्रान्ति’ पो हो त... !”
‘पहिलाको रामे भए त केको डर हुनु नि, त्यही नभएर त डर ! रामेले त आपैmँलाई माथ्र्यो अब तिम्ले हामीलाई पो मार्ने हौ कि भन्ने पो त डर... !’ साइँला बाजेभित्र तर्कनाहरू उठे । बाहिर प्रकट भएनन् । बाहिर त सातोपुत्लो हराएझैँ स्थिर बनिरहे बाजे !
“अँ ! हामी भात खान्छौँ यहाँ । बजै ! भात पकाउनुस् है हामीलाई... ! बाजे तपाईं कतै नजानुस् । चिन्ता, फिक्री केही नलिनुस्, बसिरहनुस् । ओ केटाहो ! खाल जमाउने होइन ? फिट पत्ता... ! हा... हा... हा... हा... !”
साइँला बाजेलाई ‘क्रान्ति’ हाँसेजस्तो लागेन । उही तल्लाघरे रामे हाँसेजस्तो लाग्यो ।
“केटाकेटीहरू देख्दिनँ नि, स्कुल गा’छन् ? अब कति दिन जालान् ? लौ निस्फिक्री बन्नुस्... ! हा... हा... हा... !” फेरि हाँस्यो रामे । यसपल्ट त झन् साइँला बाजेलाई रावण हाँसेजस्तो लाग्यो । 
साइँला बाजे निश्चल बसिरहेछन् । अब त मकै पनि छोडाइरहेका छैनन् उनी । बजैलाई आपूmले आदेश दिनै परेन— कमान्डरले आदेश दिइसके । थरथर गर्दै घरभित्र र बाहिर गर्दै भात पकाउन जुटिसकेकी छिन् बजै । साइँला बाजे चुपचाप हेरिरहेछन् । आँगनमा तासको खाल जमिरहेको छ । बन्दुकेहरूका बन्दुक पिँढीमा थान्को लागेका छन् । ओछ्याउने–बिछ्याउने जो चाहिने आपैmँ घरभित्र र बाहिरबाट जुटाउँदै छन् फौजीहरू । फौजी पहिरन पनि कसैले आधा खोलेका, कसैले पूरा खोलेका छन् । कोही तासमा जुटेका छन् । कोही आँगनमा उत्तानो पल्टिएका छन् । साइँला बाजेले देखे— कोही गहिरो निद्रामा घुर्न पनि थालिसकेका छन् । उनलाई निदाएको फौजीदेखि दया पनि लाग्यो— बिचरा राम्ररी सुत्न पनि नपाएको कति दिन भएको होला... ? तर तास खेल्नेहरूप्रति उनलाई श्रद्धा लागेन । यो तल्लाघरे रामे तासजुवाले घरखेत सकेपछि माओवादीमा लाग्यो । यी हेर न अझै तासको लत छुटेको छैन ।
साइँला बाजे बाहिर पो बोल्न डराउँछन्; भित्र त बुझ्छन् नि कुरा ! भित्र त आपैmँसित जति बात मारे पनि केको डर...? बाहिर पो भन्न हुन्न कसैलाई मनका कुरा...! यस्तै सोच्दछन् साइँला बाजे ।
क्रान्ति मन पर्छ उनलाई तर मान्छे मरेको चाहिँ पटक्कै मन पर्दैन । जो मरे पनि, जताका मरे पनि साइँला बाजे मन दुखाउँछन् । प्रहरीका श्रीमतीले आफ्नो श्रीमान्को हत्यामा लडीबुडी गरी रुँदा उनले पनि तुरुक्क आँसु चुहाएका थिए । सहरमा गएका बेला साहूको टिभीबाट उनले त्यो हृदयविदारक दृश्य प्रत्यक्ष हेरेका थिए ।
प्रहरीको के गल्ती, ऊ त जागिर खाँदै थियो नि ! भोलि उनीहरू नै सत्तामा आएमा पनि त प्रहरीले जागिरकै बफादारी निर्वाह गर्नुपर्छ नि !
एकपल्ट गाउँकै एउटा माओवादी युवक मुठभेडमा मारिएको खबर आयो । उसका बाआमा छाती पिटीपिटी रोए । बालबच्चाहरू अनाथ भए ! अब यिनको लालनपालन कसले गर्ने हो ? त्यस बेला पनि साइँला बाजेका आँखा रसाए ।
निरपराध मान्छेहरू पनि कहिले जङ्गलमा घाँस–दाउरा गर्न जाँदा, कहिले घरमा सुतिरहँदा परिबन्दमा परेका छन्— मरेका छन् । त्यस बेला पनि छाती फाट्थ्यो साइँला बाजेको, खबरले । 
तासको खाल जमिरहेकै छ । भात पाकिरहेको छ र साइँला बाजे हल न चल सोचिरहेका छन् ।
त्यसै बेला आकाशमा एउटा कुनाबाट आवाज आयो ।
“केको आवाज हो यो ?” कमान्डर ‘क्रान्ति’ चिच्च्यायो । सबै ज¥याकजुरुक उठे । कोही हस्याङफस्याङ गर्दै बन्दुक लिन दौडे । कसैले पोजिसन लिए तर ढिलो भइसकेको थियो ।
निमेषमै आँखैमाथि हेलिकोप्टर आइपुगेर अन्धाधुन्ध बम पड्कायो, गोली दाग्यो ।
निमेषमै साइँला बाजेको घर खरानीमा परिणत भयो । कोही उम्किन पाएनन् । कसैका टाउका उछिट्टिए, कसैका खुट्टा थिएनन् । सबैसबै समाप्त । सबै जीवन खरानी... !
साइँला बाजे र बजैको के अपराध थियो— उनीहरूको निरपराध जीवनसमेत निमेषमै समाप्त भयो ।
हावा बहिरहेको थियो । घाम लागिरहेको थियो तर जीवनको उपस्थिति अब त्यहाँ थिएन ।
हेलिकोप्टर बिनाप्रतिरोध आकाशमाथि पखेटा घुमाउँदै रह्यो र शनैःशनैः बिलायो ।
गाउँलेहरू भेला भए । शोक मनाए, आँसु झारे तर हेलिकोप्टरमा को थियो— गाउँलेहरूले अझै थाहा पाउन सकेनन् ।
स्कुल गएका साइँला बाजेका केटाकेटी मसानघाटमा परिणत आफ्नै घरको छेउमा उभिएर आँसु झार्दै थिए— बा... बा... आमा... आमा... !


 नारायण तिवारी

Saturday, 22 December 2012



 बलेवा पैयुपाटा बहुमुखी क्याम्पसका पहिलो क्याम्पस प्रमुख तथा साहित्यकार स्वर्गिय पुर्णप्रकाश शर्मा कोश्रद्धान्जली सभा

बागलुङ, पुस ७ । बागलुङको बलेवा पैयुपाटा बहुमुखी क्याम्पसका पहिलो क्याम्पस प्रमुख तथा साहित्यकार स्वर्गिय पुर्णप्रकाश शर्मा नेपाल यात्रीको सम्मानमा शुक्रबार शोक सभाको आयोजना गरी स्वर्गीय यात्रीप्रति हार्र्दिक श्रद्धान्जलि अर्पण गरिएको छ ।
शोक सभामा बोल्ने बक्ताहरुले शिक्षासेवी तथा साहित्यकार यात्रीले बलेवा क्षेत्रमा शिक्षाको विकासका लागि तत्कालीन समयमा खेलेको भुमिका महत्वपृर्ण भएको बताए । स्वर्गिय यात्रीको निधनबाट देशले शैक्षिक र सामाजिक अभियन्ता गुमाएकोमा दुःख प्रकट गर्दै बक्ताहरुले यात्रीको शिक्षा र साहित्य प्रतिको लगाबबाट सबैले पाठ सिक्नुपर्नेमा जोड दिए ।
सभामा बलेवा पैयुपाटा बहुमुखी क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष हेमराज शर्मा पौडेल, क्यापस प्रमुख ज्ञानेन्द्रराज पन्त, त्रिभुवन उच्च माविका प्रध्यानाध्यापक सुभाषचन्द्र पौडेल, पुर्व प्रधानाध्यापक आन्नदप्रसाद शर्मा पौडेल, नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष नारायण शर्मा पौडेल, शिक्षक ओमकान्त कंडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साहित्यकार तथा शिक्षासेवी यात्रीको मधुमेहका कारण बिहिबार निधन भएको थियो । कार्यक्रम शिक्षक कुलराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Sunday, 16 December 2012



भोकको संगीत


भूपिन व्याकुल- छाताको अङ्कुसी इस्टकोटको पिठ्युँतिरको भागमा घुसाएर मेरो हात समात्दै बाले गाउँको सरकारी स्कुलमा भर्ना गर्न लगेको श्यामश्वेत सम्झना अझै बाँकी छ। रातको चकमन्नतामा उहाँको चर्को घुराइले तर्सिएर अर्धनिद्रामा रात छिचोलेका स्मरण पनि छन्। घुर्दाघुर्दै सास रोकेर निकै लामो समयपछि प्रश्वास गर्ने बाको मलाई मन नपर्ने एकमात्र बानी थियो। अब बा यो संसारमा हुनुहुन्न। 
गाउँको तत्कालीन जनता माविबाट एसएलसी गरेपछि बा मलाई जीवविज्ञान पढाउन चाहनुहुन्थ्यो तर मैले जीवविज्ञानमा भर्ना भएको तीन महिनापछि भौतिकशास्त्र पढ्न सुरु गरेँ। जीवविज्ञान पढेपछि मात्र तेरो छोरा डाक्टर बन्न सक्छ भनेर केही शिक्षित आफन्तले उक्साइदिएका थिए। उहाँ मलाई डाक्टर नै बनाउन चाहनुहुन्थ्यो। त्यो सायद उहाँको जीवनको सबैभन्दा चर्को महŒवाकाङ्क्षा थियो। मैले भौतिकशास्त्र पढ्न थालेको पत्र पाएपछि प्रतिउत्तरमा उहाँले तमसुके अक्षरमा लेख्नुभएको थियो, 'इन्जिनियर बन्नु पनि कम ठुलो कुरा होइन छोरा। मेहनत गरेर पढ्नू।'
बाका महŒवाकाङ्क्षा भत्काउँदै अन्ततः म कवि बनेँ। यो सम्भवतः उहाँले मेरो लागि कहिल्यै नदेखेको सपना थियो। यो अनपेक्षित सपनामा जम्मा दुईपटक उहाँ खुसी हुनु भएको थाहा छ मलाई। पहिलोपटक क्षेत्रीय प्रसारण केन्द्र पोखराबाट गाउँबारे लेखिएको मेरो लेख प्रसारण हुँदा र दोस्रो पटक मैले दमौलीमा आयोजित राष्ट्रिय साहित्य सम्मेलनमा स्वर्णपदक प्राप्त गरेर गाउँ फर्कँदा। उहाँलाई मैले प्रयोग गर्ने उपनाम पटक्कै मन परेको थिएन। आफ्नो जातीय पहिचान खड्का मेटेर उदासीनता अभिव्यक्त गर्ने शब्द व्याकुल राख्यो भनेर पछिसम्म पनि मेरा साथीहरूसँग उहाँ दुखेसो पोखिरहनुहुन्थ्यो। मनका नरम भित्ताहरूमा प्रत्येक दिन घोचिरहने जातिवादी सोचका तिखा काँडा उखेलेर फाल्न नै मैले उक्त उपनाम रोजेको थिएँ, आठ कक्षाको विद्यार्थी हुँदा। यो मेरो जातीय अन्धताविरुद्धमा एक विद्रोह थियो। नयाँ अस्तित्वको खोजी पनि।
एउटा असल पिता वा माता संसारका कुनै पनि महान् व्यक्तिभन्दा महान् हुन्छन् छोराछोरीका लागि। बा महान् हुनुहुन्थ्यो किनकि उहाँ असल हुनुहुन्थ्यो। आइएस्सी पढ्दै गर्दा ओशोको कुनै किताबमा महानता र असलपनबारे गरिएको सार्थक व्याख्या पढेपछि म यस्तो निष्कर्षमा पुगेको हुँ। ओशो भन्छन्, महान् होइन असल बन्ने कोसिस गर। किनभने सबै असल मानिस महान् हुन् तर सबै महान् मानिस असल नहुन पनि सक्छन्। पछि बीपी कोइरालाको लघुकाय उपन्यास मोदिआइन पढेपछि झन् असल बन्नु जीवनको साध्य रहेछ भन्ने लाग्यो। मेरो बा चलनचल्तीका अवधारणामा कुनै महानताको कारणले नभई असलपनको कारणले गाउँमा समेत प्रिय हुनुहुन्थ्यो। भारतीय सेनामा आफ्ना जीवनका सर्वाधिक महŒवपूर्ण २८ वर्ष बिताएर प्रतिष्ठित पदमा निवृत्ति पाएकाले भन्दा पनि एउटा असल मानिसका रूपमा उहाँको प्रशंंसा हुन्थ्यो। सर्वजित सुइदारको छोराका रूपमा परिचय पाउँदा मलाई भयंकर गर्वबोध हुन्थ्यो। 
एसएलसी पछि उच्च अध्ययनको लागि बाले मलाई लिएर पोखरा आउनुभयो, देशले प्रजातन्त्र प्राप्त गरेकै वर्षको असार महिनामा। यो स्मरण त्यही समयको हो। उपल्लो गाउँ पैँयुपाटामा त्यही वर्षदेखि क्याम्पस खुलेको थियो र क्याम्पस प्रमुख एक प्रसिद्ध साहित्यकार थिए- पूर्णप्रकाश नेपाल यात्री। साहित्यप्रति हुकर्िँदै गरेको अनुरागको कारण साहित्यकार प्रमुख रहेको क्याम्पसमा पढ्ने इच्छा थियो तर त्यहाँ विज्ञान पढाइ हुँदैनथ्यो। म विज्ञान पढेर पाइलट बन्न चाहन्थेँ र बा मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो। मैले मेरा लागि देखेको सपना र बाले मेरो लागि देख्नुभएको सपनाका आआफ्नै उडान थिए। 
गाउँमा स्वास्थ्य सेवा अत्यन्त कमजोर थियो। निकै अनुभवी तर मेडिकल डिग्री हासिल नगरेका डाक्टर विश्वबहादुर जिसीको पलायनपछि गाउँका बिरामीलाई उपचारका लागि ठूलो तनावबीच डोकोमा राखेर सदरमुकाम बागलुङ बजारको सरकारी अस्पतालमा पुर्‍याइन्थ्यो। जटिल अवस्थाका बिरामीलाई त्यसपछि सिधै पोखरा पुर्‍याउनुपर्थ्यो। गाउँबाट पोखराका लागि हवाईसेवा त उपलब्ध थियो तर गाउँका अधिकांश दुःखी छानाहरूको लागि उक्त सेवा निकै महँगो लाग्थ्यो। 
यस्तो स्थितिमा मलाई डाक्टर बनाई गाउँको सेवा गर्ने बाको सपना अत्यन्त पवित्र थियो। तर म छमर्केको डाँडामाथिबाट हवाईजहाज ओराल्ने र पन्चासेको डाँडाबाट जहाज गायब पार्ने सेतो सर्ट, कालो पाइन्ट र टाइ लगाएका पाइलटहरूको चुरिफुरीबाट आवश्यकताभन्दा बढी नै प्रभावित थिएँ। संसारको सबैभन्दा रोमाञ्चक पेसा त्यही नै हो जस्तो लाग्थ्यो मलाई। कतिसम्म भने ती पाइलटले जहाज बिसाएपछि छेउमा उभिएर धेरै रमितेले देख्ने गरी निर्लज्ज पिसाब गरेकोसमेत मन पर्थ्यो मलाई।
आ-आफ्ना सपनाका बिउहरू लिएर बा र म पोखरा आयौँ र छविरमण रेग्मी दाइको बागबजारको डेरामा पाहुना भयौँ। छवि दाइ पृथ्वीनारायण क्याम्पसमा विज्ञानमा स्नातक गर्दै हुनुहुन्थ्यो। उहाँकै परामर्श अनुसार जीवविज्ञान र भौतिकशास्त्र दुवै विषयमा मैले फर्म भरेँ तर भौतिकशास्त्रको अन्तिम लिस्टमा पनि नाम ननिस्केपछि मेरो पाइलट बन्ने सपनाको सिसमहल चकनाचुर भयो। जीवविज्ञानको लागि म योग्य ठहरिएँ। बाको सपना झन् बलियो भयो। म हारेँ, बाले जित्नुभयो। 
रामघाटस्थित पोखराको पेन्सन क्याम्पमा पेन्सन बुझेर पृथ्वीनारायण क्याम्पसमा मलाई भर्ना गरिदिएपछि बा ढुक्क हुनुभयो। पढाइ तुरुन्तै सुरु नहुने भएकाले त्यसपछि हामी गाउँ फर्किन बस चढ्यौँ- नौडाँडाको लागि। त्यो समयसम्म पृथ्वी राजमार्ग तन्किएर बागलुङ बजारसम्म पुगिसकेको थिएन। पोखरादेखि बागलुङसम्मको ६७ किमी लामो भूपी मार्गको सपना सायद चीन सरकारले मात्रै देखेको थियो। तसर्थ गाउँ र पोखरा गर्न कार्कीनेटाको डाँडो छिचोल्नै पर्थ्यो। वायुसेवा हामीजस्ता सर्वसाधारणको लागि पहुँच बाहिर नै थियो। नौडाँडाबाट जुग्ले हुँदै आँधीखोला काटेर कार्कीनेटा उक्ेलपछि रातो माटोको सौन्दर्यले बनेको मेरो गाउँ देखिन्थ्यो। कार्कीनेटाबाट पनि कस्सिएर चार पाँच घन्टा हिँडेपछि मात्र मेरो गाउँ बलेवाचौर पुग्न सकिन्थ्यो। 
घुम्तीहरूमा फन्फनी घुमेको सडक काटेर करिब एक घन्टामा नै बा र म नौडाँडा आइपुग्यौँ। नौडाँडामा बसको भाडा तिर्ने समयमा मलाई अनपेक्षित रूपमा थाहा भयो, बाको पकेट पुरै रित्तिसकेको रहेछ। मेरो भर्ना र पोखराको केही दिनको बसाइमा बाको पेन्सन चिलिम भएछ। बा यो कुरा मलाई भन्न चाहनुहुन्नथ्यो। नौँडाँडामा ओर्लेपछि गाउँ पुग्न कस्सिएर आठ नौ घण्टा हिँड्नु थियो र कम्तिमा पनि बिहानको सादा खाना अनि दिउँसोको सामान्य खाजाको लागि हामीसँग पैसा हुनु जरुरी थियो। तर बासँग पैसा थिएन। पाइलट बन्ने सपना गुमाएर क्याम्पस भर्ना भई पहिलोपटक गाउँ फकिदा नै यसरी जीवनको एक क्रूरतासँग मेरो भेट भएको थियो। जीवन असङ्ख्य अप्ठ्यारा घुम्तीले बनेको पोखरादेखि नौडाँडासम्मको सडकजस्तो लाग्यो मलाई जहाँ डरलाग्दा भालु भिरहरू यात्रीको सातो उडाउन उभिएका छन्। पैसा मलाई त्यही भालु भिरजस्तै डरलाग्दो लाग्यो।
नौडाँडाबाट सेतीदोभान झरेपछि बाले मलाई खाना खान आग्रह गर्नुभयो र आफूलाई भोक नलागेको कुरा राख्नु भयो। तर मलाई बाको खल्तीको वजन थाहा भैसकेको थियो र बा अनिच्छापूर्वक मेरो परीक्षण गर्दै हुनुहुन्छ भन्ने पनि बोध भैसकेको थियो। भोक उत्कर्षमा थियो तर मैले आफूलाई पटक्कै भोक नलागेको जिद्दी गरेँ। बलपूर्वक अनुहारमा उज्यालो ल्याउने र बालाई सन्तुष्टि दिने कृत्रिम प्रयास पनि गरिरहेँ। मलाई थाहा थियो, मेरो अँध्यारो अनुहार बाको जीवनको ठूलो असफलता थियो। 
हामीले खानको लागि कतै नरोकिई हिँडिरहने मौन सम्झौता गर्‍यौँ। कतै रोकिनुको अर्थ हुन्थ्यो भोक सम्भि्कनु जुन अत्यन्त घातक थियो दुवैका लागि। नागबेली पर्दै बगिरहेको आँधीखोलाको किनारैकिनार कार्कीनेटाको बेंसीसम्म पुग्दा बाले आफ्नो सैनिक जीवनका केही रोचक प्रसङ्ग सुनाइरहनुभयो। दोस्रो विश्वयुद्धमा बेलायतको तर्फबाट विभिन्न सात मुलुकका अनाम र युद्धग्रस्त भूमिमा दुस्मनसँग लड्दाका कारुणिक स्मरणले मलाई लगभग त्यही समय र स्थितिमा झैँ पुर्‍याइरहे। इन्डोनेसियाको घना जङ्गलमा आफू हराएको र भोलिपल्ट मात्र फौजी साथीहरूसँग भेट भएको पीडादायी क्षण उहाँको छातीभित्र अझै ताजै थियो। दुस्मनको हातबाट मारियो होला भनेर आसै मारेको आफ्नो प्यारो भाइ भोलिपल्ट सपनामा झैँ भेटिँदा अँगालोमा बेरेर जयबहादुर माइलाबा रोएको क्षण पनि उहाँको हृदयमा आलै थियो।
बाका युद्ध सम्बन्धी वर्णनहरू नजिकैको आँधीखोलाझैँ मनका किनाराहरू छुँदै बगिरहेका थिए। तर मनलाई हल्लाइरहेको थियो भोकको प्रवाहले। मैले फगत एउटै रहर पालिरहेको थिएँ कि कतै थोरै पैसा बाँकी भए बाले केही खाइदिए हुन्थ्यो। म त भोकलाई बिर्सेर गाउँ पुग्ने सङ्कल्पमा प्रतिबद्ध थिएँ तर बाको उमेरले त्यो अनुमति दिँदैनथ्यो। उहाँ ६७/६८ वर्षको दुब्लो पातलो मानिस हुनुहुन्थ्यो र ग्यास्ट्रिकको सिकार पनि। मैले दुईचार पटक उहाँलाई अनुरोध गरिरहेँ तर पसिनाले भिजेको मुडुलो टाउको पुछ्दै बाले मेरो अनुरोध साफ इन्कार गरिरहनुभयो। 
भोको शरीर, आँधीखोलाको प्रवाह र सुसाइमा कुनै एस्थेटिक्स महसुस हुने सम्भावना थिएन। आँधीखोलासँग जोडिएको श्रवणकुमारको कथा याद आइरहेको थियो। राजा दशरथले श्रवणकुमारको हत्या गरेको प्रसङ्गले भन्दा पनि बाप्रति आफूले केही गर्न नसकिरहेको यथार्थले मलाई भित्रभित्रै विघटित पारिरहेको थियो। सफा पानी बगिरहेको आँधीखोला रोइरहेको जस्तो सुनिन्थ्यो। धेरैअघि बालककालमा पढेको श्रवणकुमारको आँधीखोला यही थियो र श्रवणकुमारको रगतले लत्पतिएका रक्ताम्मे ढुङ्गाहरू यिनै हुन् भनी स्वयं बाले मलाई देखाउनुभएको पनि थियो। ढुङ्गाहरू साँच्चै रगतमा लत्पतिएका जस्ता राता थिए तर उहिलेको कथामा बगेको रगतले ती ढुङ्गाहरू रङ्गिएको कुरामा भने मेरो ठुलो सन्देह थियो। मातापिता भक्त श्रवणकुमार आफ्ना नेत्रहीन पितामाताको लागि पानी लिन जाँदा राजा दशरथको बाणले मरेका थिए र यता म ज्युँदै मरिरहेको थिएँ। 
सकेसम्म बढी पानी प्युँदै कार्कीनेटाको उकालो काट्यौँ। ठाउँठाउँमा राखिएका ढुङ्गेधाराको पानी प्युँन पैसा खर्च गर्नु पर्दैनथ्यो। सायद यति मुस्किल उकालो जीवनमा कहिल्यै चढिएन। कार्कीनेटाको टाकुराबाट पूर्वतिर हेरेँ, आँधी खोलाले विभक्त गरेर बनेका व्यावसायिक बस्तीहरू र किसानका सपनाले रङ्गिएका हरिया फाँटहरू टाढासम्म प्रस्ट देखिन्थे। बाटोमा ओहोर दोहोर गरिरहेका बटुवाहरू पसिना पुछ्दै लखरलखर हिँडिरहेका देखिन्थे। 
'तिनीहरूमध्ये कति बटुवाहरू हामीझैँ भोकै होलान्?' म बटुवाहरूको अनुहारमा बाको झैँ भोकको चटक खोजिरहेको थिएँ। भोको मानसिकतामा जूनलाई फगत रोटीजस्तो देखिन्छ भन्ने कुनै किताबमा पढेको वाक्य बारम्बार स्मरणमा आइरहेको थियो। जुग्ले हुँदै फेदीसम्म आइपुग्दा दर्जनौँ पटक 'भात खाएर जानुस् है बा' भनेर गरिएका आग्रहहरूले बाको हृदय भूकम्प आएको पृथ्वीझँै हल्लिएको मैले मात्र बुझ्न सक्थेँ। त्यो कम्पनले म उभिएको सोचको जमिन समेत हल्लिँदै थियो। होटलका साहुनीहरूले स्नेहपूर्वक गरेका निमन्त्रणाहरू यन्त्रणा र व्यङ्ग्यजस्ता लागिरहेका थिए। लगातारको हिँडाइ र भोकको आक्रमणले आँखाआघिका दृश्यहरू पहेँलापहेँला जस्ता देखिन थालेका थिए। बाको के हाल भएको होला? म बारम्बार यहि सोचिरहेथेँ। टाकुरानेर पुग्दै गर्दा बाले भनेको सुनेँ, 'यो डाँडो त बम हानेर उडाए पनि हुने।' यो आक्रोशभित्र भोकदंशको निर्मम पीडा लुकेको थाहा पाउन मलाई कठिन भएन। नत्र योभन्दा कति अग्ला पहाडहरू कैयन पटक चढ्नु भएको थियो बा। 
अधिकांश ब्रत बस्ने मानिसहरूले पापको बारेमा बढी सोच्छन्। म कुनै आध्यात्मिक सोचले सम्मोहित भएर भोकै बसेको थिइनँ। पाप नगर्न व्रतालुले भोक बिर्सन जरुरी भएझैँ मैले भोक बिर्सनु जरुरी थियो तर त्यसैको बारेमा अनियन्त्रित सोचाइहरू मनमा बगिरहेका थिए। 
कार्कीनेटाको डाँडोमा एउटा ससानो चौतारी भेटियो। हामीहरू विश्रामको लागि त्यहाँ अडियौँ। त्यसको उत्तर दक्षिण दुवैपट्टि पानीले भित्ताको रङ खुइलाइदिएका केही होटल र चिया पसलहरू थिए। भर्खरै रातो माटोले भुँइ लिपेर सफा गरिएको जस्तो देखिने नजिकैको चिया पसलबाट बाले एक प्लेट चना र दुईवटा दुनोट मगाउनु भयो। उहाँसँग त्यत्तिको लागि पैसा बाँकी रहेछ, सो मलाई देखाउनुभयो। 'केही त खानु बा' भन्ने मेरो अनुरोधको दवाबले उहाँलाई पैसा सम्बन्धी स्पष्टीकरणको जरुरत पनि थियो। मैले बाका आँखाहरू हेरेँ। लाचार ती आँखाहरूले मलाई भनिरहेझैँ लाग्यो, 'माफ गर्नु छोरा, तिमीलाई यत्रो बाटो भोकै हिडाएँ।'
अपुग भए पनि खाजा आएकोमा म खुसी भएँ। अब बाको सारङ्गी पेटमा जीवनको सङ्गीत बज्ने भयो। म त्यही सङ्गीत सुन्न व्यग्र थिएँ। तर चना र दुबै दुनोट बाले मेरो अघि राखिदिनु भयो र भन्नुभयो, 'अझै चार पाँच घन्टा हिँड्नु छ, खाऊ।'
'हैन, हैन मलाई भोक लागेको छैन। यो सबै हजुरले खानुस्।' मैले खाजा बाको छेउमा सारिदिएँ। सुख्खा जिब्रो खाजा देखेपछि अनायास थुकको पोखरीमा डुबिसकेको रहेछ। रोक्छु भन्दाभन्दै बासङ्ग संवाद गर्नु परेकोले त्यो घुटुक्क निलियो। म बाको विपरीत दिशातिर फर्किएँ। 
यो प्रेमपूर्ण विवाद दुईतिन पटकसम्म दोहोरियो। अनि अकस्मात् बाका आँखाहरू रसाए। घाँस पलाई नसकेको नयाँ चौतारीको भुइँ हेरिरहेका मेरा आँखाहरू पनि हिउँदको टौवाझैँ शिताम्मे भइसकेका थिए। चौतारी अघिको तेर्सो ढुङ्ग्याने बाटोमा काँधमाथि लौरी र लौरीमाथि हात अड्याउँदै हिँडिरहेका फाटफुट बटुवाहरू देखिन्थे। कतै उनीहरूले चाल पाउँछन् कि भनेर मैले आँसुलाई जबरजस्ती रोक्ने कोसिस गरेँ। सकेसम्म दुख कसैलाई देखाउन नचाहने संस्कारमा हुर्किएको मलाई अपरिचितहरूको अघि आँसुको एक बुँद पनि खसाल्न मन भएन। बालाई पनि म मेरो आँसु देखाउन चाहँदिनथेँ। त्यसको मारले बाको मन झन् बढी ध्वस्त हुनसक्थ्यो। 
यति महŒवपूर्ण खाजा समाधान हैन झन् समस्या पो बन्यो। हाम्रो दुःखप्रति बिल्कुल बेखबर घाम भैरवथानको डाँडोतिर ओर्लिँदै थियो र हामी अँध्यारो नखस्दै त्यहीँ डाँडाको बेसीमा रहेको हाम्रो गुँडमा पस्नु थियो। खाजाको विवादलाई लम्ब्यायो भने उज्यालोमा गाउँ पुग्नु असम्भवप्रायः थियो। तसर्थ मैले बासँग खाजा बाँडेर आधाआधा खाने प्रस्ताव राखेँ। यद्यपि बाले पूरा खाजा नखाइदिए म अलिकति पनि सन्तुष्ट बन्न सक्दिनथेँ। बाको हालत पनि त्यस्तै थियो। बाले मेरो प्रस्तावलाई बडो कठिनतापूर्वक स्वीकार गर्नुभयो। हामी दुबैले आआफ्ना जिद्धीहरू छोड्यौँ र त्यो अनिकालको महँगो खाजा आधाआधा खायौँ- एक प्लेट चना र दुई वटा दुनोट।
त्यति मिठो खाजा मैले जीवनमा कहिल्यै खाएको थिइनँ। त्यसपछि सान्त्वनाले आफूलाई अलिक सन्तुलित बनाउँदै बा र म उज्यालोमा गाउँ पुग्न मल्याङ्दी खोलाको ओरालो झर्न थाल्यौँ। गाउँको अग्लो न अग्लो पाटेभिर देखियो। त्यसको डिलमा उभिएका सल्लाका झ्यापुल्ले रुखहरू हेर्दै मैले कल्पना गरेँ, घरमा आमा भात पकाएर बा र मलाइ कुर्दै हुनुहोला। तर अझै आधी बाटो हिँड्न त बाँकी नै थियो।


दश वर्ष पछि माइत वोलाए  अमलाचौरका अन्तरजातिय जोडिलाई



बागलुङ १४ मंसिर ।  त्यसै भनियको होइन रहेछ, दुःख पछि सुखका दिन आउँछ भनेर । अमलाचौर ४ का सुजन परियार र सरस्वति खड्काको अन्तरजातिय विवाह यसको लागि काफि छ । अज भन्दा १० वर्ष अगाडि सुजन परियारले अन्तरजातिय विवाह गर्दा काडै काँडा थिए उनी हिड्ने बाटोमा । तर आज समयले कोल्टे फेरेको छ । समय संगैको संघर्षले उनीहरुको जीवन सुन्दर वनेको छ । उनीहरुको अन्तरजातिय विवाह सफल वनेको छ । समाजका मान्छेहरुले पनि यस्तै भन्छन् । मायामा कुनै बन्धन हुँदैन भन्छन् । त्यसैले होला परियार थरको सुजन र खड्का थरकी सरस्वतिले कलेज पढ्दा देखिनै एक अर्कालाई माया गर्न थाले । समाजको आँखामा जात नमिल्ने भएपनि माया जालमा भने उनीहरु छुट्नै नसक्नेगरी बाँधिए ।
छुवाछुतले जरा गाडेर वसेको समाजमा के हि समयसम्म उनीहरुको सम्बन्ध चलिरह्यो । आखिर २०५८ जेठ ९ गतेका दिन समाजको बन्धन तोड्दै विवाहित वने । अन्तरजातिय विवाहलाई नर्क ठान्ने समाजले उनीहरुको सम्बन्धलाइ देखि सहन सकेनन् अनि शुरु भयो ती अन्तरजातिय जोडिको संघर्षका दिन । सुजनले आफ्नो प्रेमीकालाई भगाएर पोखरा के लगेका थिए । त्यस ठउँमा समेत पुगेछन् उनलाई कुट्न भन्दै उनको माइती । त्यो कष्टलाई छिचोल्दै त्यहाबाट भागेरै बुटोल पुगेछन् ती जोडि । मनमा माया वोकेका ती जोडिहरु अभावमा पनि हाँसेर केहि दिन काटे वुटवलमा । त्यसै ले उनीहरुको सम्बन्धलाई टुटाउने र सुजनलाई ठहरै पार्ने योजना अधुरै रह्यो खड्काकी आफन्तको । तर पनि उनीहरुको खोजतलास भने गर ीनै रहे खड्काका आफन्तहरु । त्यसै वर्ष असोजको जाडो महिनामा उनीहरु बगलुङमा त फर्के । तर अन्तरजतिय विवाहकै कारण कैयौ गालि व्यज्जत्ती पनि सहनु प¥यो परियार  लाई । उनको हातमा सिप थियो । कपडा सिलाउने । उनले कपडा सिलाएरै भए पनि आफुहरुको जिवन खुसी साथ बिताउन खोजे । तर लामो समयसम्म मानसीक टचर्स, त्रासको जिन्दगि भने विताउँनुप¥यो ती जोडिले । काग कराउदै जान्छ पीना सुक्दै जान्छ भनेझै परियारले अति मेहनत गरेर आकर्षक कपडा सिलाउन थाले । उनलाई उनको श्रीमतिले पनि सहयोग गर्न थालिन् ।
दिनहरु वित्दै जादा उनको जिवनमा पनि थप खुशिहरु थपीदै गए । माया पनि झन झांगिदै गयो । ०६२ शालबाट भने परियारले आफ्नै टेलर खोलेर सिलाई व्यवसाय गर्न थाले । उनको श्रीमतिले सिलाउन थालिन । यहि मिलापले नै उनको विरो ध गर्नेहरु उल्टै कुँदिन थाले । उनीहरुको आर्थिक अवस्था पनि सुधार उन्मुख बन्दै गयो । उनका विरोध गर्नेहरु मैन जस्तै पग्लीदै गए । तीज पर्व चेलिहरुको ठूलो चाड हो । तीजमा माइत जाने अनि डर खाएर र माइलो गर्ने ढोको एक वर्षदेखि संगालेका हुन्छन् चेलिहरुले । १० वर्ष सम्म आफ्नै श्रीमानलाई नै सवथोक मानेर तीज मानिरहेकी सरस्वति अहिलेको तीजमा भने माइती घरमै गईन र आफ्नो आफन्तसंगै र माईन । जिन्दगि चमच्चाका तौला हो भनेझै आखिर सुजनको परिवारलाई उनको माइतीले वोलाईछाडे । यसको खुशी भने व्यक्त गर्नै सक्तै नन् सुजन र सरस्वति । सफल जिन्दगी देखेर खुशि भएका सुजनको माइतीले विगत १ वर्षदेखि नयाँ सम्बन्ध शुरु गर्न खोजे । आफ्नै मेहनतमा र माएका ति दम्पत्तीलाई माइतिले यसै असोज ७ गते आफ्नो घरमा निमन्त्रना गरे । आफुहरुको टिका फुकाइदिने तयारी भैरहेको खवर पनि सुजनको कानमा परेको छ । अहिले भने आफ्नै व्यवसायमा व्यस्त छन् ती दम्बत्ती । सवै दुःखहरु बटो लागिसकेका छन् ।  सुजन परियार र सरस्वति खड्काको फोटो पनि समावेश गरेको छु ।

Friday, 14 December 2012

जुनले समेत मुख छोपेको रातमा 


सधैँको त्यो शून्य सडक । त्यही शून्य गल्ली र म एक्लो यात्री । गन्तव्यको खोजीमा भौतारिरहेको म एक लक्ष्यविहीन यात्री । जुनेली रात । झ्याउँकिरीको 'झ्याउँ झ्याउँ' र कुकुरको 'भुङ् भुङ्'मा रत्तिँदै आफ्नो दुलो खोज्दै लम्किरहेको म उही यात्री । बाटोको मार्गदर्शक झैँ सदा ठिङ्ग उभिइरहने त्यो बिजुलीको पोलको बत्ती पनि 'झ्याप्प झ्याप्प' र 'झिम्म झिम्म' गर्दैछ । त्यो कहिले निभ्दै त कहिले बल्दै आफ्नो दैनिकी गुजारिरहेको छ । पोल नजिकैको कन्टेनरमा आफ्नो बासस्थान बनाएर बसेको एउटा भुस्याह कुकुर मलाई टाढैबाट देखेर भुक्छ- 'भुङ्…भुङ्…भुङ्…भुङ्' । तर त्यसको भुकाइमा कटुता छैन । न त रीस नै । एक किसिमको मिठास छ त्यसको भुकाइँमा । यस्तो लाग्छ त्यो मलाई भुकेर गाली नगरी नतसा्रइ मेरो स्वागत गरिरहेछ । मेरो आगमनमा खुसी भई दुई चार शव्द मिठो बोल्दै छ । म त्यसको नजिक पुग्नासाथ त्यो मलाई देखेर आफ्नो बाङ्गो पुच्छर झन् बाङ्गो पार्दै हल्लाउँछ सायद मलाई स्वागत गर्न र मलाई एकचोटी गज्जवसँग नाक हल्लाई हल्लाई 'स्वाक स्वाक' र 'सुक सुक' गर्दै सुँघ्दछ । ऊ आफ्नो देवे्र हात सकि नसकी मतिर बढाउँदछ सायद पहिलो भेटमा हात मिलाउन । उसको दाहिने हात गएको महिना एउटा ट्याक्सीले किचिदिएर भाँचिएको थियो । म उसको देब्रे हात समात्छु र एकछिनसम्म सुम्सुमाउँछु । खल्तीबाट रुपियाँगोटाको दुईवटा िपंकी बिस्कुट झिकेर उसको सामुन्ने छरिदिन्छु । ऊ दङ्ग परेर बिस्कुट चपाउन थाल्छ । म भने आफ्नो गन्तव्यतिर लम्कन्छु । ऊ बिस्कुट छाडेर मलाई परसम्म छोड्न आउँछ । केहीबेर हिँडेपछि ऊ पुनः आफ्नै बासस्थानतिर फर्कन्छ । 

कुस्मा देखि बलेवा जोड्ने यान्त्रिक पुलको आज परीक्षण सन्चालन



 पर्वतको सदरमुकाम कुस्मा बजारलाई बागलुङको नारायणस्थान गाविस संग जोड्ने बहुप्रतिक्षित एवं बहुचर्चित यान्त्रिक पुल सञ्चालनमा आएको छ । पर्यटकीय र व्यापारिक दृष्टिकोणले महत्वपुर्ण मानिएको पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको दक्षिण क्षेत्र बलेवा जोड्ने गरी निर्माण भएको यान्त्रिक पुल शुक्रबारदेखि सञ्चालनमा आएको हो । आजै बिहानको शुभसाइतमा  यान्त्रिक पुलको डिब्बा क्याबिन जडान गरिएको पर्वत उद्योग बाणिज्य संघका सभापति रामकृष्ण कर्माचार्यले जानकारी दिए ।
 सो यान्त्रिक पुल नियमित सन्चालनमा आउन भने केहि दिन प्रतिक्षा गर्नुपर्ने अध्यक्ष कर्माचार्यले बताए । शुक्रबार एकातर्फको मात्रै यान्त्रिककार जडान गरेर वार पार गरिएको थियो । निर्माणकार्य शुरु भएको ६ महिनामा नै यान्त्रिक पुल सञ्चालनमा आएको छ । कुश्मा बलेवा यान्त्रिक पुल प्रालिका अध्यक्ष होमनारायण श्रेष्ठले पुल निर्माण सँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका बासिन्दाहरुसँग व्यावसायिक सम्बन्ध गाँसिनुका साथै बर्षौ देखि सञ्चालनमा नआएको बलेवा एयरपोर्ट समेत सञ्चालनमा आउने अपेक्षा गरिएको उनले बताए । ४ सय ३६ जनाबाट संकलित ४ करोड शेयर रकम बाट पुल निर्माण गरिएको हो । कालीगण्डकी नदी माथि बनेको उक्त पुल निर्माणका लागि रोपवे केवलकार कम्पनीले जिम्मा लिएको थियो ।